श्रीलंका संकटः राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड

कोलम्बो । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् ।
यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौंडी पोखरी र विशाल दुबोको मैदान छ । शनिबारको नाटकीय घटनाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न बाध्य पारेको थियो ।
आफ्ना चार छोराछोरी लिएर राष्ट्रपति निवासमा पुगेकी कविन्ध्याले बीबीसीसँग भनिन्, ‘यस ठाउँको ऐश्वर्य र समृद्धि हेर्नुहोस् । हामी गाउँमा बस्छौं र हाम्रो घर सानो छ । यो दरबार जनताको हो र जनताको पैसाले बनेको हो ।’
हजारौं पुरुष, महिला र केटाकेटीहरू दरबार परिसरभित्र पस्ने प्रयास गरिरहेका थिए । प्रदर्शनकारीमध्ये केहीले भने भीडलाई नियन्त्रण गरिरहेका थिए । मानव सागर दरबार परिसरमा जाँदा प्रहरी र विशेष फौजहरू एक कुनामा उभिएर चुपचाप हेरिरहेका थिए ।
मानिसहरू एक कोठाबाट अर्को कोठामा घुम्दै दरबारको दृश्यसहित सेल्फी लिएका थिए । भाँचिएका कुर्सी, झ्यालका फुटेका सिसा र भाँडा भवनका वरिपरि छरिएका थिए । कम्पाउन्डमा प्रवेश गरेपछि भीड अराजक बनेको थियो ।
गनेमुल्ला सहरको बाल मनोरञ्जन पार्कमा काम गर्ने एएल प्रेमवर्द्धनेले भने, ‘यस्तो दरबार हेर्ने मेरो सपना पूरा भएको छ ।’उनले अगाडि थपे, ‘हामी मट्टितेल, ग्यास र खानाको लागि लामो लाइनमा पर्खिरहेका छौं, तर राजापाक्षेहरू फरक जीवन बिताइरहेका थिए ।’
शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले निवासभित्र मनलाग्दो काम गरेका छन् । कसैले किचनमा खान पकाएर खाएका छन भने कोही जिम हलमा जिम गरेका छन् । त्यस्तै कोही बाथरुममा नुहाएका छन् भने केहीले राष्ट्रपतिको शयन कक्षमा आराम गरेर रमाएका छन् । श्रीलंकाली सुरक्षाकर्मी उनीहरूका गतिविधिप्रति मुकदर्शक बनेको छ ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया