एमालेको दाबी : युवा पुस्तालाई ध्यान दिए बहुमत आउँछ (अपानी)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै संघ र प्रदेशसभा निर्वाचनको तयारी हुन निर्देशन जारी गरेको छ । एमालेले आगामी चुनावको बहुमतका लागि १६ प्रतिशत मत नपुग्ने भन्दै तयारी गर्न निर्देशन दिएको हो ।
एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा मत वृद्धि गर्न युवा पुस्ताले विशेष ध्यान दिनु पर्ने बताएको छ । ‘हामीलाई बहुमत पुग्न करिब १६ प्रतिशत मत अपुग छ, त्यसलाई वृद्धि गर्न सकिन्छ, नयाँ पुस्तालाई विशेष ध्यान दिने, पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने, कमजोर जनाधार भएको ठाउँमा जनाधार विस्तारमा जोड दिने,’ अपानीमा भनिएको छ ।
एमालेले सत्ताको गोटी चाल्दा अहिलेको सत्ता गठबन्धन भत्काउन सकिने निष्कर्ष निकालेको छ । तर, अहिले गठबन्धन नै चुनावमा जान सक्ने भएकाले एक्लै चुनाव जित्ने गरी तयारी गर्न निर्देशन गरेको छ ।














बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया