संवैधानिक कदमबारे ओलीको विरोध भयो, फेरि निरन्तरता दिन खोजेको हो? : डा. कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्को विधेयक र नागरितासम्बन्धी विधेयकमा खेलाची गर्न नहुने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गराएको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए ।
नेता कोइरालाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो विधेयक लैजान नहुने स्पष्ट पारेका हुन् । ‘कांग्रेसले धेरै पहिले मलाई सम्झना छ, २०७८ सालमै ओली जीको पालामा नै यो गलत प्रक्रिया हो, यसरी गर्नु हुँदैन भनेर भनेको, त्यो विधेयक लग्नै हुँदैन, त्यो त त्यसै फिर्ता गर्नुपर्यो,’ उनले भने ।
उनले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुनेसमेत बताएका छन् । उनले सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनु पर्ने बताए ।
‘नागरिकतासम्बधी विधेयकमा हामीले राजनीति गर्नु हुँदैन, यसमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता दिनै पर्छ, नागरिकतामा पनि हामी राजनीति गर्छौं, आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन्, तर उनका छोराछोरी नहुनु भएको एकदम दुर्भाग्य हो, यसलाई छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी छ,’ उनले भने ।


















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया