चलचित्र ‘दोख’ बनाउँदाका दु:ख यसरी सुनाउँछन् निर्देशक अनुप बराल

(२०७२ सालको शुरूमा सुटिङ युनिट बोकेर भोजपुरको दुर्गम गाँउमा पुग्दा अनुप बरालले सोचेका थिएनन् की, म एउटा परीक्षामा खरो उत्रिनुपर्नेछ भनेर । वैशाख १२ गते उनको परीक्षा शुरू भयो, जुन सात वर्षसम्म जारी रहनेवाला थियो, साढे सातको दशाजस्तो । २५/३० सिन सुटिङ भइसकेको आफ्नो दोश्रो निर्देशकीय फिल्म ‘दोख’ को सुटिङ गर्दैगर्दा देशमा विनाशकारी भूकम्प गयो । उनीहरू त्यहीँ हल्लिए । त्यो भूकम्पले ल्याएको कम्पनले फिल्ममा काम गरिरहेका प्राविधिकहरू धेरै हल्लिए, किनकी उनीहरूका घरहरू हल्लिएका थिए । त्यस अवस्थामा काम जारी राख्न सहज भएन । सुटिङ स्थगित भयो । समस्या यहीँ सकिएन । फेरि सुटिङमा जाने तयारी गर्दा मधेस आन्दोलन आयो, नाकाबन्दी भयो । यी सब काटेर जसोतसो सुटिङ त सके तर कोरोनाको महामारीले फिल्मको हलसम्मको यात्रालाई फेरि सुदूर बनाइदियो, उनको छातीमा एउटा बोझ बोकाएर । यो अवधिमा धेरै कुरा भएपनि उनीसँग एउटा कुरा हुन सकेन । र पनि, उनी थाकेनन् । उनको भगिरथ प्रयत्न जारी रह्यो । परिणाम सिनेमा हलसम्म आइपुगेको छ । यतिबेला सबै बोझ बिसाउन पाएकोमा उनी खुशी छन् । फिल्मको सात वर्ष लामो सकसको बारेमा कुरा गर्दा उनले आफ्ना अनुभव यसरी पोखे :- )
भूकम्पले सिनेमा रोकिँदाको मनस्थिती
२०७१ सालको चैत महिनातिर हामी सुटिङका लागि हिँडेका थियौं । त्यो बेलामा एउटा प्रिप्लान प्रिप्रोडक्शनका सबै कार्यहरू गरेर राम्रोसँग सुटिङ सकाउने भनेर गएका थियौं । तर भूकम्प आयो, नराम्रोसँग आयो । हामी पनि हल्लियौं । हाम्रा प्राविधिक साथी भाईहरूको घर हल्लिएको हुनाले । देशै एउटा दुःखद् अवस्थाबाट गुज्रिरहेको थियो । हामीले सुटिङ बन्द गरेर यस्तो स्थितिमा अघि बढाउनु हुन्न भन्ने सोचर फर्कियौं । फर्किएपछि फेरि अर्को कुन समयमा जाने भनेर तयारी गर्दै थियौं । त्यसको बीचमा तयारी गर्दागर्दै साथीभाइहरू पनि मान्नुभयो । एउटा इन्कम्पिल्ट फिल्म थियो, कम्प्लिट गर्नुपर्छ, सबैको दुःख मिसिएको छ भनेर उहाँहरू पनि जोरजाम गर्नुभयो ।
प्रोड्यूसरको साइडबाट पनि तयारीमा लागियो । जाने बेलामा फेरि मधेस आन्दोलन भयो । ब्लकेड भयो । भोजपुर पुग्न पर्ने, यहाँबाट दुई दिनको बाटो थियो, मधेसकै बाटो भएर जानुपर्ने । जान सकिएन, त्यसपछि फ्लाइटमा जानसकिन्छ की भनेको, भोजपुरमा फेरि हप्तामा एउटा फ्लाइट हुँदो रहेछ । सानो फ्लाइट मात्र जाँदो रहेछ । खर्चिलो पनि एकदमै धेरै हुने सम्भावना बढेकाले, फेरि थाँती राख्यौं । त्यसपछि फेरि लगभग २०७३ साल टेकिसकेको थियो । हामी फेरि गयौं । त्यतिखेर जाँदा धेरै कुरा परिवर्तन भइसकेको थियो । जस्तो, कास्टिङका लागि गाउँका बालबालिकाहरूलाई छानेका थियौँ । उहाँहरू ठूलो भइसक्नुभएको थियो । चेन्जेज आउनेबित्तिकै फेरि त्यसको तयारी गर्नुप¥यो त्यहाँ गइसकेकपछि त ।
एउटा स्कुल थियो, हामीले सुटिङस्थल बनाउने भनेर छानेका थियौं । त्यो स्कुलमा उहाँले के गरिदिनुभएछ भने सुटिङ गर्ने मानिसहरू आउँछन्, यो नयाँ देखाउनुपर्छ भनेर फेरि रंगाइ दिनुभएछ । फेरि त्यसमा काम गर्नुप¥यो । ठाउँ एकदमै अफ्ठ्यारो थियो, जहाँ सुटिङ गर्नुपर्ने थियो । वेदरको कारणले, भौगोलिक हिसावले पनि । जतिखेर पनि हावाहुरी चलिरहेको हुन्थ्यो । हामी घरमा बस्दाखेरी पनि भूकम्प गइसकेको भएर फेरि भूकम्पले भेट्ने हो की । यो भूकम्प आएको हुनाले बीचबीचमा झस्काइराको हुन्थ्यो । जे होस्, त्यसपटक भने ४२ दिन, ४५ दिनको सेड्यूल थियो । सुटिङ सक्यौं । त्यसपछि आयौं ।
आएपछि त्यो बजेट त एकदमै बढेर गयो । दुई-दुईपटक बढेर जाँदा एकदमै चेन्ज (परिवर्तन) आइसकेको थियो । जुन क्यामेरा लगेर खिच्ने तयारी गरेको थियौं, त्यसको ठाउँमा अलिक महँगो क्यामरा लानुपर्ने स्थिति आयो । किनभने लेन्सहरू जुन हामीले युज (प्रयोग) गर्न चाहेका थियौं, नपाएपछि अर्को अपसनल लेन्सको लागि जाँदा महँगो प¥यो । डबल खर्च भएपछि त एक्स्ट्रिम हाइ भइहाल्यो बजेट, पोस्टप्रोडक्शन गर्ने पैसा नै थिएन । त्यसपछि पैसा खोज्दै, प्रोड्यूसरहरूले अस्ट्रेलियाबाट पठाउनु हुन्थ्यो । त्यसले एउटा–एउटा काम गर्दै पूर्णता दियौं ।
रिलिज गर्न तयार भनेर बसेको कोभिड आयो । कोभिडले साढे दुई वर्ष यसै धकेल्दियो । ठूलो महाभारतको युद्ध लडेर आएजस्तो लागेको छ । भन्छन् नि, कसैले फिल्म बनाउनु भनेको एउटा पहाडलाई एक ठाउँबाट उचालेर एक ठाउँबाट अर्को ठाऊँमा स्थापित गराउनुजस्तो हो । साह्रै गाह्रो रहेछ । पहाड उठाउनु र राख्नु भन्ने कुरा ।
त्यसपछि दोहोरएर सुटिङमा निस्कदाँ
प्रस्पेक्टिभमा खासै त्यस्तो चेन्ज त आएन । तर लोकेसनवाइज कुन सहज हुन्छ भनेर हामीले महशुस ग¥यौं । त्यसले त्यो सक्न छिटो पनि भयो हामीलाई । पहिले गएको बेला भए एकदम एक्सटेण्ड भएर जान्थ्यो । लोकेसनहरू पनि वेदरका कारणले एकैछिनमा बादल लाग्थ्यो, एकैछिनमा पानी पथ्र्यो ।
अनि कन्ट्यूनिटीको जर्क हुने एकदमै ठूलो सम्भावना पनि उत्तिकै भएको हुनाले पछि हामीले त्यस्तो कुराहरू कसरी कन्ट्रोल गर्ने र बाहिरको भौगिलिक अवस्थालाई कसरी कन्ट्रोल गर्ने भनेर प्लानिङ गरेको भएकाले खासै असर भएन । अझै कति कुराहरू पहिले सोचेकोमा कति सिन त पहिल्यै गरिसकेको थियो । २१ वटा सिन पहिला नै गरिसकेको भएर हामीलाई सजिलो भयो, किनभने फेरि दोहो¥याएर गरिराखेको थियौँ ।
दोखको कथाबस्तु
मुलतः यो एउटा द्न्वद्वकालिन समयलाई पृष्ठभूमिमा राखेर त्यसले समाजमा पारेको एउटा प्रभाव, त्यसको बाछिटा नै देखाउन खोजेको हो । युद्धको कुरा नेपाली फिल्ममा धेरै आएका छन्, मेनस्ट्रिममा बनेका छन् । यसमा त्यो युद्धलाई ग्लोरीफाइ गर्न खोजेका छैनौ । तत्कालिन समयमा एउटा समाजभित्र बसेका मानिसहरू एउटा खुशी, इष्र्या र सँगसँगै त्यो युद्धले पारेको प्रतिशोधको भावनलाई नै मानवीय संवेदनाहरूलाई उक्याउने कोशिस गरेको छ ।

वान लाइनर सोध्नुहुन्छ भने एउटा सामुदायिक वन छ, त्यो दुई दुईवटा गाँउ जहिले नि मेरो वन भनेर झगडा गरेर बस्छन् । अनि एकले अर्काको प्रतिशोध नि साँधिरहेका हुन्छन् । अनि पिटापिट नि गर्छन्, त्यहाँका युवाले एकले अर्कालाई । यसैक्रममा यो कुरा द्न्वद्वकालिन समयमा कमरेडहरू त्यो कुरा जनतामा कसरी बिस्तार गर्ने, आफ्नो पकड बनाउने भनेर त्यो उनीहरूको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर हिँडिराख्न हुन्थ्यो । अनि यसैक्रममा उहाँहरू यो ठाँउमा पुग्नुहुन्छ । अनि समस्या के हो भन्दा समस्या वनको भन्दा पनि फुटबलको रहेछ । फुटबलमा हारेपछि एकले अर्कालाई पिट्दा रहेछन् ।
अनि समाजमा के रहेछ भन्दा वन कसको हो भनेर छिनोफानो गर्नलाई फुटबल खेल्नुस् जसले जित्छ उसैको वन हुन्छ भनेर उहाँले एउटा निर्णय दिनुहुन्छ । त्यसपछि युवाहरू थोरै छन् गाँऊमा त्योबेला एउटा शिक्षक पढाउन गाँउमा आइपुग्नुहुन्छ । जो फुटबल पनि खेल्न जान्ने हुनुहुन्छ । उसले कसरी टिम जम्मा गर्छ र वन कसको हातमा जान्छ । समस्या बढ्छ या घट्छ भन्ने सिनेमाले भन्छ ।
नाटक र सिनेमावीचको फरक
सिनेमा भनेको फरक कुरा हो । सिनेमा र थिएटरमा फरक कस्तो हुन्छ भने धेरै सिनहरू हुँदैनन्, केही सिनहरू हुन्छन् अनि तीन÷चार दिनको घटनाहरू टक्क भन्ने कुराहरू हुन्छ । सिनेमा भनेको त एउटा करिवकरिव कालखण्ड हो । यस महिनौ दिन लाग्ने वा तिनै दिनलाग्ने भएपनि लेन्थ हुन्छ, सिनेम्याटिक टाइमफ्रेम भन्छौं । त्यो हिसावले धेरै कुराहरू फरक छ । मैले थिएटरमा धेरै मेटाफोरहरू खेल्छु । कल्पनाको लागि धेरै गुञ्जायसहरू हुन्छ ।
तर सिनेमामा केही चिजहरू देखाउनुपर्यो भने भिज्वल्ली त्यो चिजहरू देखिनुपर्छ । खोला देखाउनलाई कपडालाई अलिकति हल्लाएर नदीहरू क्रिएट गर्न सक्नुहुन्न । सिनेमामा त्यो देखाएर मान्छेहरूले पत्याउनुहुन्न । एक्चुअल स्पेसमा गएर, त्यो भूगोलमा गएर भूगोलमा गएर आउनु साउण्ड भयो साउण्डसँग जोडिएका मान्छेका भाषाका एसेन्टहरू भयो सबै चिज गाह्रो हुन्छ देखाउन । थिएटरको कति कुराहरू सिनेमाले पाएको छ । कतिपय सिनेमाहरू थिएटरले सापटी लिएको छ ।
यस्तो कहिले कहिले मलाई डिजोल्भ गर्ने लाइटको फेड इन फेड आउट गर्ने कुराहरू ठ्याक्कै थिएटरबाट सिनेमामा गको जस्तो लाग्छ । त्यो पछि टेक्नोलोजीले गरेर ल्याएको चिजहरू हो । कति चिजहरू मिल्छ पनि कति चिजहरू छुट्याउन जान्नुपर्छ र धेरै मेटाफोरहरूलाई यसमा नखेलौँ सकेसम्म ढ्याक्क जे भन्न सकिन्छ त्यसमै जाउँ भनेर गरिएको छ ।
कुनै पात्रहरू स्वभाव अनुसार लार्जर देन लाइफ बनाउने कोशिसहरू पनि भएको छ । कति साँच्चिकै जनजीवनबाट आएका जस्तो । मैले कास्टिङ गर्दा नै सकेसम्म अलि पूर्वकै भाषाहरू बोल्नसक्ने मानिसहरूलाई ल्याउने कोशिस गरें । दिया मात्रै होला सायद काठमाडौंबाट गएर काम गरेको, बाँकी धेरैजसो पूर्वकै कुनै समय गाँउठाउँमै बसेका मानिसहरू जसलाई भाषासँग एक किसिमको लगाव छ, त्यो चिजहरू आउला भन्ने हिसावले पनि , रहनसहनको हिसावले पनि त्यो जीवन देख्नुभएको छ । अनि त्यो कालको केही न केही छाप महशुस गर्न सक्नुभएको छ । कतै न कतैबाट त्यो साहित्यको माध्यमबाट पढेर हुनसक्छ । अडिसन लिनेबेलामा हामीले कोशिस गरेको छौं । त्यो सकेसम्म नजिक गएको छ काम गर्ने हिसावले कुनै कुनै पात्रहरू फेरि कस्तो छन् भने जीवनमा आफैँ लाउड भएर आउँछन् नि त्यस्तो पात्रहरू पनि छन् ।
प्रतिक्रिया कस्तो ?
मलाई भाष्य हो, न्यारेटिभ कसरी निर्माण भएको छ भन्ने कुराले चिन्ता लाग्ने हो । अब मलाई यो प्रिजेन्टसनको सबालमा भन्दा पनि यसले बनाएको, कथाले, यो डाइरेक्टरले के भन्न खोजेको छ भन्ने बुझाउन सकेँ की सकिन भन्ने एउटा प्राइम कन्सर्न हुन्छ होला । एउटा बौद्धिक अडियन्सहरूले मलाई हेर्दा त्यसरी हेर्छन् । एउटा आम दर्शकले हेर्दा यसले कति इन्ट्रेस्टिङ तरिकाले कथा भनिरहेको छ भन्ने होला ।
जुन अहिलेको नयाँ पुस्ता छन् उनीहरूले गाँउको परिवेश देख्छन्, त्यसमा पनि नयाँ भूगोलसँग परिचित हुने मौका हुने र चरित्रहरू पनि एक हिसावले रमाइला छन् । ह्यूमर पनि छ, यसमा ठाउँहरूमा । अनि इन्गेज गर्नका लागि हुन्छ नि त्यो अलअलि ड्रामाटिक ट्विस्टिङहरू पनि छ । सो बाँध्छ जस्तो लाग्छ । एक हिसावले द्न्वद्वकालको कुरा हो । द्न्वद्वकाललाई सिधा एउटा पक्षविपक्ष नभनिकन बीचमा बसेर, तटस्थ बसेर भन्न सकियो भने सायद बढी हामीले भन्न खोजेको कुराहरू आउँछ होला लागेर तटस्थता अपनाउने कोशिस गरेका छौं, त्यो कति आएको छ हेरेर भन्न सकिन्छ । त्यो दर्शकले भन्ने कुरा हो ।
म आफ्नो फिल्मको बारेमा आफैँ भन्न हिच्किचाउँछु । साह्रै गाह्रो हुन्छ आफूलाई भन्नलाई । त्यो कस्तो हुन्छ भन्दा कुनै कृतिलाई लेख्नुभयो अनि मार्केटिङ गर्ने हिसावले भन्नुहुन्छ नि अनि पछि गएर त्यो पाउनुभएन भने त्यो ठूलो डिस्एपोइन्मेण्ट हुन्छ । अनि त्यो हिसावले मलाई त्यो ठ्याक्कै यस्तो भनेर भन्न सक्दिन । मैले एउटा इमानदार प्रयत्न गरेको हो काम गर्ने हिसावले, एउटा समयको कालखण्डको, एउटा मनोदशा मान्छेहरूको ।
अब कसरी पुग्छ, कसरी छुन्छ । हामी त कोशिस गर्ने न हो । सकेसम्म मानिसहरूलाई छोइदियोस् । हामीले भन्न खोजेको कुरा धेरै जनमानसमा पुगोस् भन्ने हुन्छ । तर एक्ज्याक्ट्ली कसरी छुन्छ ? डाइरेक्टरलाई मरिदिनुुपर्छ रे क्या फिल्ममा, मोह पालेर बस्न हुन्न रे । सायद त्यो जिम्मेवारीबाट अलि मुक्त भएको छु जस्तो लाग्छ ।
‘फिटकिरी’ र ‘दोख’ छान्नुपर्दा
केही चिजहरू फिटकिरीमा पनि राम्रा थिए अहिले फर्केर हेर्दा, त्यसका लुपहोल आफ्नै ठाऊँमा थिए । त्यसलाई २० मिनेट छोट्याउन सकेको भए अझै फाइन भएर आउनसक्थ्यो कि लाग्छ । कति कुरा आफूलाई थाहा हुन्न आफूले हेर्दा । बनाइसकेपछि केही मान्छेहरूलाई हाम्रो संस्कार पनि हुनपर्ने रहेछ । बनाइसकेपछि केही सर्टेन मान्छेहरूलाई देखाएर त्यसको लुपहोल के छ ?, भनेर देखउने संस्कार भइदियो भने सायद त्यसले चेक एण्ड ब्यालेन्स गर्नलाई र अझै अर्को प्रस्पेक्टिभबाट हेर्न सिकाउँदो रहेछ ।
हामी आफ्नो काम गरेको छ अनि आफ्नो काममा एउटा लुपहोल बन्दोरहेछ भयंकर नै ग¥यौं कि के हो जस्तो । अनि पछाडी गएर अरूले हेरिदिँदा उनीहरूले हेर्दा थाहा हुने आफूले हेर्दा थाहा नहुने रहेछ । यसमा अब ठ्याक्कै के भन्नु । एउटा सिर्जना कर्तालाई त त्यो पनि राम्रो यो पनि राम्रो तर पर्सनल ग्रोथको हिसावले स्टोरी त्यो मोर क्राइम थ्रिलरजस्तो थियो, यो अब सोसल ड्रामा हो । अलिकति कहीँ कतै राजनीति पनि मिसिएर आएको छ । एकदमै खतरा डिफ्रेन्स मैले यो मनप¥यो भन्न गाह्रो छ ।
















प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया