रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । दुई नेताबीचको फोनमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ ।
सोमबार भएको सो कुराकानीमा दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा पनि कुराकानी भएको बताइएको छ । युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै रुस र युक्रेनको युद्धका कारण भएको खाद्यान्न संकटको अवस्थामा युक्रेन र अरु विश्वका लागि के कसरी खाद्यान्न आपूर्तिको अवस्थाको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि उनीहरुका वीचमा कुराकानी भएको बताइएको छ ।
रुसले युक्रेनमा हमला गरेपछि पछिल्ला दिनमा विश्वमा नै खाद्यान्न अभाव हुदै गएको छ । युक्रेनका लागि र युक्रेन भएर हुने खाद्यान्न आपूर्तिका सम्बन्धमा विश्वका विभिन्न देशले यसको विकल्पका बारेमा छलफल गरिरहेका छन् ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया