रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ ।
उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।
उनीहरुबीच दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा कुराकानी भएको बताइएको छ । युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै उनीहरूले रुस र युक्रेनको युद्धले भएको खाद्यान्न संकटको अवस्थामा युक्रेन र अरु विश्वका लागि के कसरी खाद्यान्न आपूर्तिको अवस्थाको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कुराकानी भएको बताइएको छ ।
रुसले युक्रेनमा हमला गरेपछि पछिल्ला दिनमा विश्वमा नै खाद्यान्न अभाव हुँदै गएको छ । युक्रेनका लागि र युक्रेन भएर हुने खाद्यान्न आपूर्तिका सम्बन्धमा विश्वका विभिन्न देशले यसको विकल्पका बारेमा छलफल गरिरहेका छन् ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया