घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

काठमाडौं । भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १९० ले अघि रहेको छ ।
मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको हो ।
भारतको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । यस्तै, अर्का ओपनर शिखर धवन ३१ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११० रन बनायो ।
इंग्ल्यान्डका कप्तान जोस बट्लरले सर्वाधिक ३० बनाए । यस्तै, डेभिड विलिले २, ब्रेडन कार्सेले १५ तथा मोइन अलि १४ रनको योगदान गरे ।
जस्प्रित बुमराहले चिम्किएपछी इंग्ल्यान्डलाई सस्तैमा समेटिएको थियो । उनले एक्लै ६ विकेट लिए । यस्तै, मोहमद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए ।









विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
चितवनमाथि काठमाडाैंको सहज जित
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया