इरानले रुसलाई सयौँ ड्रोन उपलब्ध गराउँदै छः अमेरिका

तेहरान । इरानले युक्रेन युद्धका लागि रसियालाई सम्भावित सयौं ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका छन् ।
इरानले रुसी सेनालाई ड्रोन उपलब्ध गराइसकेको भन्ने विषयमा अझै स्पष्ट भइनसकेको उनले बताए । इरानले अमेरिकाको दाबीलाई पुष्टि र अस्वीकार नगरी युद्धअघि रुससँग प्राविधिक सहयोग भएको जनाएको छ ।
इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानी चाफीको भनाई उद्धृत गर्दै इरानको फार्स समाचार एजेन्सीले लेखेको छ, ‘अहिले यो सम्बन्धमा कुनै विशेष विकास भएको छैन ।’
युक्रेन र रुस दुवैको युद्धमा ड्रोनले महत्वपूर्ण भूमिका खेलेको छ । गत हप्ता मात्र युक्रेनले आफ्नो युद्धलाई सहयोग गर्न हजारौं ड्रोन उपलब्ध गराउन अपील गरेको थियो ।










आज २०८२ साल पुस २ गते बुधबारको राशिफल
बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया