एउटै अटो रिक्सामा २७ यात्रु !

नयाँ दिल्ली । एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र त्यति ठूलो संख्यामा मानिसहरु देखेर प्रहरी छक्क परेका थिए ।
अटोरिक्साबाट बालबालिका र बृद्धबृद्धासहित २७ जना ओर्लेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रत्येक यात्रुलाई गाडीबाट बाहिर निस्किँदा गणना गरिरहेको देख्न सकिन्छ । सामान्यतया अटोरिक्सामा तीन जना मानिस अट्छन् । तर, केहीलाई ६ जनासम्म यात्रु अट्ने गरी मोडिफाई गरिएको हुन्छ । भीडभाड भएको गाडीको घटना भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशको फतेहपुर शहरको हो । मिडिया रिपोर्टअनुसार प्रहरीले अटोरिक्सालाई धेरै तीव्र गतिमा चलेको भन्दै रोक्न खोज्दा चालकले तीव्र गतिमा भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले पछ्याएर जबरजस्ती रोक्न लगाएको थियो ।
‘रिक्साभित्र दुई दर्जनभन्दा बढी यात्रुहरू देखेर प्रहरी छक्क परेको थियो’फतेहपुरका प्रहरी उपरीक्षक राजेश कुमारले भारतीय समाचार माध्यम टाइम्स अफ इन्डियालाई भने ।
तीब्र गतिमा चलाएको र ओभरलोड गरेको अभियोगमा प्रहरीले अटोरिक्सा नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा हजारौँ पटक हेरिएको छ । धेरै ट्विटर प्रयोगकर्ताहरूले हास्यास्पद प्रतिकृया दिएका छन् । कतिपयले यो घटना ‘विश्व रेकर्ड’ का लागि योग्य बताएका छन् भने अरूले यसलाई भारतमा अपर्याप्त सवारी साधनको परिणामको रूपमा लिएका छन् ।
अटोरिक्सा भारतमा यातायातको लोकप्रिय माध्यम हो । सर्वव्यापी भए पनि तिनीहरू महँगो छन् र बसले भन्दा धेरै गुणा बढी भाडा लिएका छन् । केही वर्षअघि भारतका लागि मेक्सिकोका राजदूत दिल्लीमा यात्रा गर्दा कारको सट्टा अटो रिक्सा प्रयोग गरेपछि चर्चामा आएका थिए ।
















खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया