एक वर्षमा लमजुङ अस्पतालबाट सात हजारले लिए नि:शुल्क सेवा

लमजुङ.। लमजुङ जिल्ला अस्पतालबाट एक बर्षमा सात हजार सेवाग्राहीले नि:शुल्क उपचार सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा उपचारका लागि आएका ६ हजार नौ सय ५७ जनालाई अस्पतालले निस्शुल्क सेवा दिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।
निस्शुल्क सेवा लिनेमा तीन हजार चार सय सात जना पाँच वर्षमुनिका बालबालिका छन् । अस्पताल प्रमुख श्रेष्ठकाअनुसार विभिन्न रोग र समस्या लिएर अस्पतालमा उपचारका निम्ती आएका गरिब, असाहाय, अपाङ्ग, ज्येष्ठ नागरकि लगायतलाई निस्शुल्क सेवा दिएको हो ।
अस्पतालले निस्शुल्कका स्वास्थ्य सेवा दिने क्रममा करिब दुई करोड रुपैयाँको सेवा दिएको प्रमुख श्रेष्ठले बताए । एक करोड ७२ लाख १० हजार तीन सय ७८ रुपैयाँ बराबरको निस्शुल्क सेवा दिएको हो ।
अस्पतालले पाँच वर्षमुनिका बालबालिकाका निम्ती मात्रै ७४ लाख ७५ हजार नौ सय ९७ रुपैयाँ बराबरको सेवा दिएको अस्पतालले जनाएको छ ।
मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालित लमजुङ जिल्ला अस्पतालमा ११ महिनामा मात्रै ६३ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको अस्पतालको तथ्यांक छ ।
११ महिनामा आठ हजार पाँच सय ४५ जनाले आकस्मिक सेवा लिएका छन् भने एक हजारभन्दा बढीले प्रसुति सेवा लिएका हुन् ।
नेपाल सरकारको स्वामित्वको यो १५ शैयाको अस्पताल ०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा आएको हो । अस्पतालमा हाल ६२ शैया रहेका छन् ।
अस्पतालले लमजुङलगायत वरपरका छिमेकी जिल्ला तनहुँ, गोरखा र मनाङका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया