ब्राण्ड स्टोरी
मार्सि चामलको भातदेखी बँदेलका परिकार पाइने ‘जुकोट दरबार’
जहाँ सिजनमा पाइन्छ बाजुराको स्याउको सुकुटी र अचार

त्रिचन्द्र कलेजबाट दरबारमार्गतिर लम्किदा डेढ सय मिटर अगाडी पुगेपछि बाटैमा पर्छ, जुकोट दरबार रेस्टुराँ । १ सय ४३ वर्ष पुरानो यो भवनले एउटा बेग्लै इतिहास बोकेको छ । राणा कालिन यो भवन संस्कृत भाषा पढाई हुने पुरानो पाठशाला हो । हाल त्यसैको ग्राउन्ड फ्लोरमा रंगरोगन र आकर्षक सजावट सहित खुलेको छ, जुकोट दरवार । जसलाई सञ्चालन गरिरहेका छन्, युवा व्यवसायी अमृत शाही ठकुरीले ।
सुदूरपश्चिमको बाजुरास्थित जुकोट सबैभन्दा बढी स्याउ फल्ने ठाउका रुपमा चर्चित छ । घुमाउरो बग्ने कर्णाली नदिको काखमा थपक्क बसेको छ, जुकोट । चिसो र सुन्दर ठाउँ । जुकोटमा लटरम्म फल्ने स्याउले उचित बजार नपाएर उता किसानहरु वर्षेनि भोगिरहेका छन् । त्यही समस्यालाई केन्द्रबिन्दुमा राख्दै जुकोट दरबार रेस्टुराँले सिजनमा स्याउका परिकार उपत्यकाबासीलाई चखाउँदै आएको छ । सिजनमा यहा“को मेनुमा स्याउको अचार, स्याउको सुकुटी बिभिन्न आइटमहरु उपलब्ध हुन्छन् ।
जुकोट दरबारका सञ्चालकको पृष्ठभूमितिर फर्कौं । खासमा अमृत शाही स्वदेशमै केही उद्यम गर्नुपर्छ भन्ने अठोट बोकेका युवा हुन् । त्रिचन्द्र कलेजबाट स्नातकोत्तर उत्तिर्ण गरेका अमृतको चाहना आफ्नै व्यवसाय गर्छु भन्ने थियो । राजनीति र समाजसेवामा चाख राख्ने अमृत पैसालाई भन्दा कामलाई बढी महत्व दिन्छन् ।
उनलाई नाफा घाटासँग कुनै सरोकार छैन । उनको नजरमा सीप नै सम्पत्ति हो । र, कामप्रतिको प्यास छ, दुःख, संघर्ष गर्ने हो नेपालमै राम्रँे कमाउन सकिन्छ भन्नेमा उनी स्पष्ट छन् । आफू हिंडेकै बाटोमा आफ्नो भाईलाई पनि डो¥याए । कम बोल्ने स्वभावका दाईको कुरामा बिमती राख्ने कुरै भएन । राजनीति गरेर मात्र पुग्दैन, व्यवसाय गर्नैपर्छ भन्ने मान्यताले अमृतले जुकोट दरबार रेस्टुराँ सञ्चालनमा ल्याए ।

सञ्चालन गरेको केही महिनामै लकडाउन भईदियो । व्यवसाय राम्रै चलिरहेको थियो । अचानक भएको लकडाउनले सात महिनासम्म रेस्टुराँ बन्द भईदियो । त्यति लामो समय त भाडा मात्रै तिर्नुप¥यो । जनजीवन सामान्य अवस्थामा आईसकेपछि बिगत एक वर्ष भन्दा लामो समयदेखी जुकोट दरबार निरन्तर सञ्चालनमा छ । ५० लाख रुपैयाको लगानीमा सुरु भएको यो रेस्टुराँमा १ करोड भन्दा बढी रेस्टुराँ लगानी भईसकेको सञ्चालक अमृतले बताए । उनलाई कृषि विकास कार्यालयमा कार्यरत पहल बहादुर, दाई सरोज बहादुर शाही, जापान बस्न कान्छा भाई सविन शाही, उनकी अति मिलनसार साथी डेनी थापा ले प्रत्यक्ष सहयोग पु¥याउनु भएको छ ।
जुकोट दरबार रेस्टुराँको मेनु
जुकोट दरबार रेस्टुराँको विशेष चिनारी भनेको मार्सि खाना हो । मार्सि खाना र मार्सि थकाली जुकोट दरबारको ब्राण्ड बनिसकेको छ । चर्चित पत्रकार ऋषि धमलादेखी नायिका रेखा थापा लगायत राजनीतिज्ञ, समाजसेवी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु मार्सि खानाको स्वाद लिनका लागि जुकोट दरबार पाईलो टेकिसकेका छन् ।

मार्सि खानामा सिस्नो, गुन्द्रुकसँग कालो सिमीको जिम्बुले झानेको दाल उपलब्ध छ । कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट ल्याईने मार्सि चामलको माग पछिल्लो समय बढिरहेको छ । यसले कोलेस्ट्रोल, सुगर, ब्लड प्रेसरका रोगीहरुलाई फाईदा पु¥याउँछ । दिनमा कहिलेकाही ८०, ९० वटा देखी बढीमा १ सय ५० वटासम्म मार्सि खाना अर्डर हुने गरेको सञ्चालक अमृत शाहीले बताए ।
मार्सि खानाको स्वाद मटन, चिकेन, बँदेलको सुप, माछा तथा मासुसँग लिन सकिन्छ । भेज आइटममा पनि उपलब्ध छ । कोदो र फाँपरको ढिंडो, फापरको ममः तथा थकाली खाना सबैभन्दा बढी रुचाइने परिकारमा पर्छ । थकाली भेज खाना सेटको मूल्य २ सय ९५ रूपैंयाँ राखिएको छ । अन्य परिकारको मूल्य पनि त्यति धेरै राखिएको छैन ।

मार्सि र थकाली खानापछि फाँपरको झानेको ममः र फाँपरको साँधेको ममः पनि यहाँ बढी अर्डर हुने परिकारभित्र पर्छ । यस रेस्टुराँले चाइनिज, इन्डियन, कन्टिनेन्टल लगायत २० भन्दा बढी परिकार पस्किने गर्छ । झानेको मम, बँदेलको तास, बँदेलको टिमुर, बँदेल तारेको यहाँका स्पेशल परिकार हुन् । इटालियन र मेक्सिन परिकार पनि यहाँ उपलब्ध छन् ।
बिभिन्न कार्यालय, सभा, समारोह र अर्डर अनुसार लन्च बक्स निःशुल्क रुपमा डेलिभरी सेवा पनि प्रदान गर्दै आएको छ । बिभिन्न बैंक, ट्राभल एण्ड टुर, निजी कम्पनीका स्टाफहरु जुकोट दरबारका नियमित ग्राहक हुन् । सपिङ सेन्टर, कलेजहरुमा खानेुकरा नियमित डेलिभरी हुँदै आएको छ ।
पर्याप्त पार्किङ एरियाको सुबिधा
दरबारमार्ग क्षेत्रमा सवारीसाधनका लागि पार्किङ समस्या एकदमै झेल्नु पर्छ । बढ्दो सवारी साधनको प्रयोग बढदो छ । तर, पार्किङ एरिया सिमित भएकाले समस्या भोग्नु पर्ने अवस्था छ । जुकोट दरबार रेस्टुराँको पर्याप्त पार्किङ एरियाको सुबिधा छ । त्यसैले होला अबेर रातीसम्म यहाँ चहलपहल भईरहन्छ । बिहान ८ बजे खुल्ने यो रेस्टुराँ राती ३ बजेसम्म खुल्लै रहन्छ । अबेर रातीसम्म पनि खानेकुरा अर्डर गर्न सकिन्छ । होमडेलिभरीको सुबिधा रहेको छ । पठाओ एप चलाउनेहरुले सिधै एपमार्फत पनि खानेकुरा अर्ड गर्न सक्छन् ।

अन्यत्र भन्दा पार्किङको सुबिधा भएर होला शुक्रबार ४ सय देखी ५ सय र शनिबार ३ सय देखी ४ सय जना ग्राहकहरुको रेस्टुराँमा चहलपहल हुने गरेको सञ्चालक अमृत शाहीले बताए । एकै पटकमा यहाँ ६० जनासम्म बस्न मिल्ने क्षमता छ । रेस्टुराँ पनि कम्ति आकर्षक छैन । सञ्चालकका अनुसार यसको इन्टेरियर डिजाइन गर्नकै लागि २० लाख रुपैंयाँ खर्चिइएको छ । चिटिक्क परेका सल्लाका कुर्सी र टेबल, सेतो रंगले पोतिएका भित्ताहरु आकर्षक लाग्छन् ।
अमृतको कआगामि लक्ष्य
युवा व्यवसायी अमृत सोच अलि फरक छ । सकेसम्म नेपालका धेरै स्थानहरुमा पाइने परम्परागत खानेकुरा रेस्टुराँमा उपलब्ध गराउने उनको सोच छ । ७७ जिल्लाकै परम्परागत परिकार अध्ययन गरेर उत्पादन गर्ने उनले तयारी समेत थालेका छन् । बाँझो खेत राख्नु हुन्न, त्यसमा उत्पादन गर्नुपर्छ भन्ने उनको मान्यता छ । खानेकुराको सञ्जाल बजारसँग जोडिनु पर्ने कुरामा उनी जोड दिन्छन् ।
फुड् ह्ब्याबिट्बारे आम मानिसहरुलाई बुझाउ“न जरुरी रहेको अमृत बताउँछन् । खाना हाम्रो दैनिकीस“ग जोडिएको छ । हाम्रो, समय, शिक्षा, सिकाई, घुमघाम र जीवनशैलीसँग खानाको प्रत्यक्ष सम्बन्ध जोडिएको छ । हाइजेनिक, अर्गानिक र ताजा खानेकुरा खान पाउनु हेक उपभोक्ताको अधिकार भएको उनी तर्क गर्छन् । नेपालका अधिकांस स्थानहरुमा खेर गईरहेको ढिंडो, सिस्नो खेर गईरहेको छ । त्यसलाई कसरी जुकोट दरबार रेस्टुराँसम्म ल्याउँने ? उनको चा“सो र तयारी त्यता पट्टी पनि छ ।

रेस्टुराँमै हरेक शुक्रबार र शनिबार नेपाली अर्गानिक फुड फेस्टिभल गर्ने अमृतको तयारी छ । यस बाहेक जुकोट दरबार रेस्टुराँ ब्राञ्चहरु राजधानीमा फैलाउने विचार छ । अवस्था राम्रो भयो भने उपत्यका बाहिर पनि यसका ब्राञ्चहरु खोल्ने योजना उनले बुनिरहेका छन् । त्यसका लागि लोकेसन पनि उनले हेरिसकेका छन् । बैंकले लोन नदिने समस्या छ यतिबेला । लोन पाइने भए उनले यतिखेर आँटिसकेका हुन्थे । ‘राज्यले यस्तो बेला उत्पादनलाई बढावा दिनुपर्छ । औद्योगिक क्षेत्रको विस्तारमा ध्यान दिनुपर्छ ।’ अमृत सुनाउ“छन्, ‘भविष्यमा निम्तिन सक्ने संकटलाई बेलैमा सचेत हुन जरुरी छ ।’














प्रचण्ड र रविबीच कुराकानी
रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया