सिभिल अस्पतालले आँखाको विशिष्टीकृत सेवा दिने

काठमाडौं । निजामती कर्मचारी अस्पताल ९सिभिल० ले आँखाको विशिष्टीकृत सेवा प्रदान गर्नेभएको छ । अस्पतालले तिलगङ्गा अस्पतालसँगको समन्वयमा आँखाको विशिष्टीकृत सेवा प्रदान गर्ने भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र तिलगङ्गा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबीच आज सिभिल अस्पताललाई विशिष्टीकृत सेवा सञ्चालन गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.पौडेलले सिभिलमा आँखाको विशिष्टीकृत सेवा सञ्चालन गर्न तिलगङ्गासँग प्राविधिक सहयोग गर्नका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएको बताए । उनले तिलगङ्गाको सहयोगमा सिभिलले आँखाको विशिष्टीकृत सेवा केन्द्र स्थापना गर्ने बताए ।
सिभिल अस्पतालमा एक वर्षदेखि आँखाको उपचार भइरहेको छ । अहिले आँखाका एक चिकित्सक र दुई प्राविधिक छन् । निर्देशक डा पौडेलले चाँडै तीन चिकित्सक राखेर सेवा दिइने जानकारी दिए । उनका अनुसार बिरामीलाई चाहिने सस्तो चश्मा अस्पतालमा नै बनाएर उपलब्ध गराइरहेको छ ।
तिलगङ्गा अस्पतालले सिभिल अस्पतालका आँखाका चिकित्सक र प्राविधिकलाई तालिम दिने, दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने, सिभिल अस्पतालमा आँखाका शल्यक्रिया गर्न शल्यकक्षको डिजाइन र सामग्री खरिदका लागि सहजीकरण गर्ने सहमति भएको छ । तिलगङ्गामा उपचार गर्न आएका आँखासम्बन्धी बिरामीलाई अन्य रोग देखिए त्यसको उपचार सिभिल अस्पतालले गर्ने, तिलगङ्गामा नभएका प्रयोगशालाका परीक्षण एमआरसी, सिटी स्क्यान सिभिल अस्पतालले गर्ने पनि सहमति भएको छ ।
सिभिल अस्पतालमा उपचार नभएका आँखाका बिरामीलाई विशिष्टीकृत सेवा तिलगङ्गालाई रिफर गर्ने तथा शैक्षिक कार्यक्रम, अनुसन्धान कामहरु एक अर्काको समन्वयमा गर्ने पनि सहमति भएको छ ।रासस
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया