शनिबार, माघ १०, २०८२

गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी

मेरोन्यूज २०७९ असार ३० गते १४:३४

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

बिहीबार वाइसिएलका नेताहरू काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन्। शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै वाइसिएलले उनीविरूद्ध उजुरी गरेको हो ।

बुधबार नेकपा एमालेको अर्थ विभागका एम अधिकारी गभर्नर अधिकारी हो भन्दै आलोचना भएको थियो । सार्वजनिक पद धारण गरेका गभर्नर पार्टीको अर्थ विभागमा रहेको भन्दै चौतर्फी आलोचना भएको छ। यो कुरा संसदमा पनि उठेको छ

प्रतिक्रिया