पानीको बोतलमा माकुरा भेटिएपछि उत्पादन रोक्का
काठमाडौँ । कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया १ बौनियामा रहेको आकाश गंगा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो ।
प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशनबमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीको टोलीले सो उद्योगको स्थलगत अनुगमन गरेको थियो ।
खाद्य निरीक्षक तथा खाद्य विज्ञ टोलीबाट स्थलगत अनुगमनका क्रममा स्वच्छता मापदण्डसम्बन्धी केही बुँदामा सुधार गर्न आवश्यक देखिएकाले सुधार नभएसम्मका लागि उक्त उद्योगको उत्पादन रोक्का गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख नवराज दाहालले जानकारी दिए ।
उनले उक्त उद्योगबाट खाद्य ऐनअनुसार नमूना संकलन गरी अनुसन्धान प्रक्रियासमेत अघि बढाइएको बताउँदै आम उपभोक्तालाई पानीलगायतका खाद्य वस्तु खरिद गर्दा सचेत रहन आग्रह गरे ।
















परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया