बुधबार, पुष २, २०८२

अमेजनले बेलायतमा थप चार हजारभन्दा बढीलाई रोजगारी दिने

मेरोन्यूज २०७९ असार ३१ गते १८:२१

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ ।

अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्ने छ ।

कोभिड १९ महामारीले भएको लक डाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पुर्‍याउने छ ।

यो नयाँ योजना बेलायतभरिका लागि लागू हुने छ । यस कम्पनीले उत्तरी इंगल्याण्डको गोन्स्ली र वेकफिल्डमा दुई नयाँ जनशक्ति भर्ती केन्द्रहरू खोल्ने तय गरेको छ । यो काम सफ्टवेयर विकास, उत्पादन व्यवस्थापन र इन्जिनियरिङमा संस्थागत तथा प्रविधि कार्यमा पनि हुनेछ ।

बेलायतमा तीन वर्षमा यो योजनासहित ४० हजार नयाँ रोजगारीको सिजना गर्ने अमेजनले बताएको छ । अमेजन बेलायतका कन्ट्री म्यानेजर जोन बोम्फ्रिजले भने, ‘स्वान्सीका सिकारुदेखि एडिनबर्गका डेटा वैज्ञानिकसम्म गरी हामी लेवीमा लगानी जारी राख्दै छौँ, यो घोषणा यस महिनाको अन्तमा अमेजनको दोस्रो त्रैमासिक आयभन्दा अगाडि आएको छ ।’

प्रतिक्रिया