एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आज साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बेलुका ७ः०० बजे मतदाता नामावली प्रकाशन गर्नेे छ ।
त्यस्तै, सोमबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १०ः०० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने, १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ः०० बजेदेखि १२ः०० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै, बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुुरी दिने कार्यतालिका रहेको आयोगका अध्यक्ष डा सुब्बाले जानकारी दिए।
सोमबार दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन कार्यतालिका अनुसार आगामी पुस १ गते ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान गर्ने रहेको छ ।
मतदानपश्चात् मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ । एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आजबिहानदेखि नै बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया