एसपीपी रोकिँदा प्रधामन्त्री अमेरिका जान पाएनन् : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्न नपाएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेका कारण प्रधानमन्त्री अमेरिका भ्रमण गर्न नपाएको दाबी गरेका हुन् । उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताए ।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गरेसँगै अमेरिकीको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेको बताए । उनले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे ।
‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौँ, व्याख्यात्मकसँग जोड्यौँ, इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ, यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले,’ उनले भने, ‘सरकारी गाडी अघि–पछि घुमाउन थाले ।’
यस्तै, अध्यक्ष नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताएका थिए । उनले आफ्नो पार्टीमाथि एमालेले प्रहर नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको बताएका हुन् ।
















अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया