खैरो हिरोइनसहित चार पक्राउ
मेरोन्यूज
२०७९ असार ३१ गते २१:४०
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागु औषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँ महानगर ६ बौद्ध पिपलबोटमा लागु औषध कारोबारमा संलग्न चार जनालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय नीमा लामा, मोरङ शनिश्चरेका २९ वर्षीय किसान आङदेम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ शनिश्चरेका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।
ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अवैध रुपमा लागुऔषध बोकेर बिक्री वितरण गर्न हिँडेको अवस्थामा बौद्धबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया