थप २०५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । शनिबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ ।
संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संथगत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १७ जना आईसीयूमा छन् ने एक जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा छन् । बागमतीमा एक हजार ५२, प्रदेश १ मा ७१, मधेशमा ६८, गण्डकीमा ६०, लुम्बिनीमा ४५, सुदूरपश्चिममा ३६ र कर्णालीमा १२ जजना संक्रमित होम आइसोलेसनमा छन् । बागमतीमा ३४ जना, प्रदेश १ मा ५, मधेश र लुम्बिनीमा १र१ जना होम आइसोलेसनमा छन् ।











क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया