खोटाङमा १३औं सितोरियो कराँते प्रतियोगिता, दिक्तेल डोजो प्रथम

खोटाङ । खोटाङको दिक्तेलमा आयोजित १३औं जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएका छन् । नेपाल सितोरियो कराँते संघको आयोजनामा शनिबार आयोजना गरिएको प्रतियोगितामा १३ कास्य, १० रजत र १३ कास्य सहित दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको हो ।
जिल्ला खेलकुद विकास समितिको कबर्ड हलमा सञ्चालित प्रतियोगितामा ६ स्वर्ण, ८ रजत र १५ कास्य सहित हलेसी डोजो दोस्रो भएका छन् । यस्तै, ३ स्वर्ण, ३ रतज र १६ कास्य सहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराँते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
कुल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगीताका विजेता टिमलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिका रूपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले विजेता टिमलाई मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेकी छन् ।
प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले वेस्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष उत्कृष्ट खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेय राईले पाएकी छन् । उनीहरूलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी बिचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम नेपाल सितोरियो कराँते संघका सदस्य एवं प्रतियोगीताका संयोजक अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।
कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता यसपल्ट आयोजना गरिएको हो । २०७७ चैतमा १३औं जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता आयोजना गरिएको थियो ।
















ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया