बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १ गते १३:३१

बारा । बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ बर्षीय रामबाबु साह र पछाडी सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ बर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए ।
घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैया उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल विरगन्ज पठाइएको छ ।
दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–०२०प ४१७२ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रीत भएर पल्टिएको प्रहरी चौकी बरियारपुर बाराले जनाएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया