साउदी अरबले बढाउन थाल्यो तेलको उत्पादन

काठमाडौं । साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ ।
शनिबार राज्यले तेल उत्पादन बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो ।
साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए ।
उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो ।
राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने बताए ।
उक्त अवसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय प्रयासको लागि आह्वान पनि गरे ।
सन् २०२१ को प्रारम्भमा पदभार ग्रहण गरेयता पहिलोपटक बाइडेन साउदी अरेबिया पुगेका हुन्।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया