डुबेर तीन जनाको मृत्यु

काठमाडौं । रुपन्देही, कैलाली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
रूपन्देहीको देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय सुमन थापाको आइतबार मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने ९ वर्षीया आयुशा ठकुल्लाको घर नजिकै रहेको कटनी नदीमा डुबेर आइतबार मृत्यु भएको छ ।
नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ पिपलडाँडा बस्ने नवराज शर्माकी छोरी एक वर्षीया अर्जिका शर्माको आल्मुनियमको बाल्टीमा डुबेर आइतबार मृत्यु भएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा भाडा–वर्तन धुन राखेको बाल्टीमा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया