रणवीरले भने : मेरो दुई वटा बच्चा हुँदैछ
काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमा–बुवा बन्ने भएका छन् । हालै फिल्म ‘शमशेरा’को प्रमोशनका लागि हिँडेका रणवीरले बाबु बन्ने कुराबारे खुलेर बोलेका थिए ।
यस क्रममा उनले एक टिप्पणी गरेका थिए । यसपछि उनीहरू जुम्ल्याहा बच्चाको अभिभावक बन्ने आशंका गरिएको छ ।
फिल्म कम्प्यानियनलाई दिएको अन्तर्वार्तामा रणवीरलाई दुई सत्य र एउटा झुटको खेल खेल्न भनिएको थियो । केही सेकेण्ड सोचेपछि रणवीरले भने, ‘मेरो जुम्ल्याहा छ, म धेरै ठूलो पौराणिक फिल्मको हिस्सा बन्न लागेको छु, कामबाट लामो ब्रेक लिइरहेको छु ।’
यो सुनेपछि अभिनेताका फ्यानहरूले रणवीर–आलिया जुम्ल्याहा सन्तानका अभिभावक बन्ने अनुमान गर्न थालेका छन् । जहाँ एक प्रयोगकर्ताले लेखेका छन्, ‘रणवीरले गेम प्लेमा सत्य भने, अर्को प्रयोगकर्ताले लेखे, वाह, यो अचम्मको छ ।’
यसअघि आलियाले सामाजिक सञ्जालमा अस्पतालको तस्बिर शेयर गर्दै लेखेकी थिइन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ ।’ तस्बिरमा उनी अल्ट्रासाउण्ड गराइरहेको देखिएकी छिन्, जसमा उनका पति रणवीर पनि उनीसँगै देखिएका छन् ।
रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । विवाहअघि दुवै ५ वर्षसम्म सम्बन्धमा थिए । उनीहरुको पहिलो भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया