रणवीरले भने : मेरो दुई वटा बच्चा हुँदैछ
काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमा–बुवा बन्ने भएका छन् । हालै फिल्म ‘शमशेरा’को प्रमोशनका लागि हिँडेका रणवीरले बाबु बन्ने कुराबारे खुलेर बोलेका थिए ।
यस क्रममा उनले एक टिप्पणी गरेका थिए । यसपछि उनीहरू जुम्ल्याहा बच्चाको अभिभावक बन्ने आशंका गरिएको छ ।
फिल्म कम्प्यानियनलाई दिएको अन्तर्वार्तामा रणवीरलाई दुई सत्य र एउटा झुटको खेल खेल्न भनिएको थियो । केही सेकेण्ड सोचेपछि रणवीरले भने, ‘मेरो जुम्ल्याहा छ, म धेरै ठूलो पौराणिक फिल्मको हिस्सा बन्न लागेको छु, कामबाट लामो ब्रेक लिइरहेको छु ।’
यो सुनेपछि अभिनेताका फ्यानहरूले रणवीर–आलिया जुम्ल्याहा सन्तानका अभिभावक बन्ने अनुमान गर्न थालेका छन् । जहाँ एक प्रयोगकर्ताले लेखेका छन्, ‘रणवीरले गेम प्लेमा सत्य भने, अर्को प्रयोगकर्ताले लेखे, वाह, यो अचम्मको छ ।’
यसअघि आलियाले सामाजिक सञ्जालमा अस्पतालको तस्बिर शेयर गर्दै लेखेकी थिइन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ ।’ तस्बिरमा उनी अल्ट्रासाउण्ड गराइरहेको देखिएकी छिन्, जसमा उनका पति रणवीर पनि उनीसँगै देखिएका छन् ।
रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । विवाहअघि दुवै ५ वर्षसम्म सम्बन्धमा थिए । उनीहरुको पहिलो भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो ।










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया