एमालेभित्र सुब्बा र अधिकारीको लडाइँ : पोखराको विवाद पुनः बल्झियो

काठमाडौँ । एमालेभित्र उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा अर्न्तघातीको खोजी कार्य जारी रहेकाबेला एमाले कास्कीमा अन्तर्घातको कलह पुनः बल्झिएको छ ।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहित सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य जगत बि.क., कास्की जिल्ला इञ्चार्ज भीम कार्कीमाथि आवश्यक छानबिनसहित कारबाहीको माग गर्दै अध्यक्ष केपी शर्मा ओलीसँग माग गरिएको छ । ‘संगठन विभाग प्रमुख खगराज अधिकारीको उक्साहटमा उनीहरूमाथि कारबाहीको माग गरिएको हो’, स्रोतले भन्यो ।
जिल्ला सचिव बैनबहादुर अधिकारी, उपमहासचिवद्वय नवराज ओझा र दर्शन लामा, मेयरमा पराजित कृष्णबहादुर थापा र उपमेयरमा विजयी मन्जुदेवी गुरुङलगायतले अध्यक्ष ओलीलाई भेटेरै लिखित रुपमा कारबाहीको माग गरेका हुन् । गत स्थानीय निर्वाचनमा सार्वजनिक अडियोका साथै उनीहरूले गरेका शंकास्पद गतिविधिको विवरणसमेत पत्रमा उल्लेख गरिएको बताइएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री बनिसकेका उपमहासचिव गुरुङले कास्की जिल्लामा आफ्नै समूह बनाएका छन् । उता संघीय सरकारको गृह तथा स्वास्थ्यमन्त्री भइसकेका अर्का केन्द्रीय सदस्य खगराज अधिकारीको भिन्न समूह सक्रिय छ । ‘खगराज अधिकारीको समूहले उपमहासचिव सुब्बा लगायतको समूहलाई कारवाहीमो माग गरेको देखिन्छ, अहिले अधिकारी र सुब्बा दुबै काठमाडौमा छन्’, स्रोतले भन्यो ।
यी दुई समूहको सक्रियताले पार्टीको आन्तरिक निर्वाचनदेखि हालै सम्पन्न स्थानीय तहको निर्वाचनसम्म त्यसको प्रभाव परेको हो । पोखरा महानगरपालिकाको निर्वाचनमा गुरुङ निकटका दीपक पौडेलले मेयरको टिकट पाएपछि अधिकारी पक्षका नेता, कार्यकर्ताहरूले पुरानो भिडियो सार्वजनिक गर्दै टिकट खोसेको आरोप लागेको थियो ।
सार्वजनिक उक्त भिडियोमा पौडेलले पोखराको एउटा सुन पसलबाट गहना चोरेको दृश्य सार्वजनिक भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि अधिकारी समूहका कृष्ण थापालाई टिकट दिइएको थियो । थापाले एमालेका पूर्व नेता एवं समाजवादीका धनराज आचार्यसँग पराजित भएका थिए । एमालेभित्र ५१ हजार कार्यकर्ताहरुले अर्न्तघात गरेको रिपोर्ट तयार पारिएको भए पनि सार्वजनिक भएको छैन ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया