रामकुमारी झाँक्रीतर्फ इंगित गर्दै मन्त्री चौधरीले भने : हाँसेरै पद छाडेर जान्छु

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा हाँसेर आएकाले हाँसेरै जाने बताएका हुन् ।
बैठकमा सांसदले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौंधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफमा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।
उनले मन्त्रीको पदमा रहुञ्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘माननीय जीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ, आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ,’ उनले भने, ‘मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो, म सधैभरि रहिरहदिन, जाँदा हाँसेर जान्छु ।’
त्यस अवसरमा उनले सरकारले एक हप्ताभित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया