आज धनुलाई व्यापार व्यवसायबाट लाभ हुने, कस्तो छ तपाईको राशिफल ?

काठमाडौं । आज मिति ४ साउन २०७९, बुधबार । तद्नुसार जुलाई २० । श्रावणकृष्णपक्ष सप्तमी, बब करण, रेवती नक्षत्र, सुकर्मा योग, चन्द्रमा मीन राशिमा छ ।
आज बिहान सूर्योदय ५ः२० मा भएको छ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आजका देवता इन्द्र र ग्रहदेव मंगल हुन् ।बुधबार घर गृहस्थ र आर्थिक कारोबारका लागि राम्रो मानिन्छ । बुधबार ऋणको किस्ता दिनु लिनु पनि हुँदैन । आज बिहान ११ः४३ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्यका लागि राम्रो मानिन्छ ।
यस्तो छ आजको राशिफल
मेष
मेष राशिका जातकका लागि आजको दिन आकस्मिक अर्थ लाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछन् । आज नयाँ कामको थालनी समेत हुनेछ ।
वृष
आज मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थबारे आफन्तसँग विवाद हुनसक्छ ।
मिथुन
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ । मौन रहनु उत्तम हुनेछ ।
कर्कट
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै बेस हुनेछ । आफ्नो नियमित काम मात्र गर्नुहोला ।
सिंह
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।
कन्या
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नु होला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । कुमारी कन्यालाई भोजनको ब्यबस्था गरिदिनुहोला ।
तुला
आजको दिन शुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।
वृश्चिक
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।
धनु
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएमा उन्नति र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ ।
मकर
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नु छ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।
कुम्भ
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु उत्तम हुनेछ । अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले कामको अबमूल्यन गर्न सक्छन् । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।
मीन
सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राका लागि अवसर आउनसक्छ । तपार्इंले सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ छ । आज सोचअनुसार काम हुनेछ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया