गम्भिर उजुरीपछि बाँकेका जिल्ला न्यायाधीश सर्वाेच्चमा तानिए
२८ असोज २०७८ मा नै सर्वोच्च अदालतले अधिकारीमाथि प्रश्न उठाएको थियो

काठमाडौं । न्यायपरिषदले गम्भिर उजुरी परेपछि बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । अधिकारीमाथी पटक पटक गम्भिर प्रकृतिका उजुरीहरु न्याय परिषद्मा परिरहेको र अहिले फेरि नयाा उजुरी परेपछि उनलाई सर्वाेच्च अदालत तानेर छानविन गर्न लागिएको न्याय परिषद् स्रोतले बताएको छ ।
‘उहाँ ( न्यायाधीस अधिकारी) माथि केही गम्भिर उजुरीहरु परेका छन्, पटकपटक आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोप पनि उहाँमाथी यस अगाडी पनि परेका थिए, अहिले फेरि नयाा उजुरी आएको छ,’ न्यायपरिषद् स्रोतले भन्यो,–‘त्यसैको छानविनका लागि उहाँलाई सर्वाेच्च तानेर अनुसन्धान गर्न खोजिएको हो ।’
अधिकारीमाथि सर्वोच्च अदालतले नै न्यायसम्पादनमा सचेत नभएको र यान्त्रिक बनेको भनी टिप्पणी गरेको थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । २८ असोज २०७८ मा सर्वोच्च अदालतले नै उनीमाथि प्रश्न उठाएको थियो ।
अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।
त्यसपछि अधिकारी कालिकोट र पछि बाँकेमा सरुवा भएका थिए ।
पटक पटक एकपछि अर्काे विवादमा अधिकारी पदैं आएका छन् । उनको कार्यसम्पादनमा पटक पटक कुरा उठने र उजुरी पर्ने गरेपछि यसपटक गम्भिर छानविनकै लागि उनलाई सर्वाेच्चमा तानेर अनुसन्धान गर्न खोजिएको न्याय परिषदले जनाएको छ ।
२४ असारयता ५ न्यायाधीश बर्खास्तीमा परिसकेका छन् । पछिल्लो पटक मात्रै न्यायपरिषद्ले महेन्द्रनगर उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।















अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया