नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर ‘बिग डिजिटल’को शुभारम्भ

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको आज देखि शुभारम्भ भएको छ । नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित यस स्टोरको एक समारोह बीच उद्घाटन गर्नु भएको थियो ।
समारोहमा बोल्नु हुदै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरे ।
त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जनाए ।
‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ।,’

यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन्।
ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन। त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।
बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ । यस्तै यसको दिर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्नु हो ।















इरानी नागरिकलाई नेपालको ‘अन अराइभल’ भिसा बन्द
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रतिक्रिया