नक्कली कागजात बनाएर जग्गा बिक्री गर्दै करोडौं ठगी !

काठमाडौं । विभिन्न व्यक्तिको नाममा रहेको जग्गाको नक्कली कागजात बनाएर बिक्री गर्दै ठगी गरेको आरोपमा काभ्रे प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ३७ वर्षीय रविप्रसाद रेग्मीले बनेपा नगरपालिका-१ स्थित चाइना टाउन बास्केटबल कोर्ट अगाडि ६ जना व्यक्तिको नाममा रहेको जग्गा आफ्नोजस्तो बनाएर बिक्री गरेको र एक करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको दाबी प्रहरीको छ ।
प्रहरीका अनुसार रेग्मीले राजीनामा कागज, घर बाटोको सिफारिस, जग्गाधनी प्रमाणपत्र आफ्नो नामको नक्कली बनाएर बिक्री गरेका थिए । ग्राहकले पाउने जग्गाधनी पुर्जासमेत नक्कली बनाइएको काभ्रे प्रहरी प्रवक्ता हरि खतिवडाले जानकारी दिए ।
प्रहरीले रेग्मीको साथबाट जग्गाको नक्कली धनी पुर्जासहित विभिन्न कागजात पनि बरामद गरेको छ । पक्राउ परेका अन्य दुई जनामा लेखापढी व्यवसाय गर्ने बनेपाकै ४५ वर्षीय राजन थापा र उनकी श्रीमती सीताकुमारी थापा रहेका छन् ।
















आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया