नक्कली कागजात बनाएर जग्गा बिक्री गर्दै करोडौं ठगी !

काठमाडौं । विभिन्न व्यक्तिको नाममा रहेको जग्गाको नक्कली कागजात बनाएर बिक्री गर्दै ठगी गरेको आरोपमा काभ्रे प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ३७ वर्षीय रविप्रसाद रेग्मीले बनेपा नगरपालिका-१ स्थित चाइना टाउन बास्केटबल कोर्ट अगाडि ६ जना व्यक्तिको नाममा रहेको जग्गा आफ्नोजस्तो बनाएर बिक्री गरेको र एक करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको दाबी प्रहरीको छ ।
प्रहरीका अनुसार रेग्मीले राजीनामा कागज, घर बाटोको सिफारिस, जग्गाधनी प्रमाणपत्र आफ्नो नामको नक्कली बनाएर बिक्री गरेका थिए । ग्राहकले पाउने जग्गाधनी पुर्जासमेत नक्कली बनाइएको काभ्रे प्रहरी प्रवक्ता हरि खतिवडाले जानकारी दिए ।
प्रहरीले रेग्मीको साथबाट जग्गाको नक्कली धनी पुर्जासहित विभिन्न कागजात पनि बरामद गरेको छ । पक्राउ परेका अन्य दुई जनामा लेखापढी व्यवसाय गर्ने बनेपाकै ४५ वर्षीय राजन थापा र उनकी श्रीमती सीताकुमारी थापा रहेका छन् ।















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया