शनिबार, माघ १०, २०८२

घटेनन् मापसे गरी काठमाडौं उपत्यकामा सवारी चलाउने, दैनिक १२५ जनाभन्दा बढी सवारी चालक कारवाहीमा

मेरोन्यूज २०७९ साउन ५ गते ८:२५
फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे)गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारवाहीमा परेका छन् ।

काठमाडौं उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी साधन चलाईरहेको अवस्थामा भेटिने गरेका छन् ।

कार्यालयका अनुसार गत असार २९ गते १०७, ३० गते १४४, ३२ गते १८३, साउन १ गते १३२, २ गते १२०, ३ गते १४० र ४ गते ५० जना सवारी चालकलाई मापसे गरी सवारी साधन चलाएकोमा कारवाही गरिएको छ ।

प्रतिक्रिया