भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी

नयाँ दिल्ली । भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदै छ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाठ हुँदै छ । औपचारिकताका रुपमा हेरिएको राष्ट्रपति निर्वाचनको मतगणना आज ११ बजे सुरु हुनेछ ।
निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन –(एनडीए) का तर्फबाट आदिबासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा छन् । मर्मुको निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ ।
भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजाघोषणा भएपछि बधाई दिने बताइएको छ ।
मुर्मुको गृहनगर ओडिसास्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् ।









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
प्रतिक्रिया