भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी

नयाँ दिल्ली । भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदै छ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाठ हुँदै छ । औपचारिकताका रुपमा हेरिएको राष्ट्रपति निर्वाचनको मतगणना आज ११ बजे सुरु हुनेछ ।
निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन –(एनडीए) का तर्फबाट आदिबासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा छन् । मर्मुको निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ ।
भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजाघोषणा भएपछि बधाई दिने बताइएको छ ।
मुर्मुको गृहनगर ओडिसास्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया