बुधबार, पुष २, २०८२

स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन ५ गते १०:४०

म्याड्रिड । अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी  रेकर्ड गरिएको छ । 

‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’ 

पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको  छ । 

प्रतिक्रिया