पिपुल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन
मेरोन्यूज
२०७९ साउन ५ गते ११:५९

काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्कासनमा ल्याएको ६ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि ६ लाख ६२ हजार ६ सय कित्ता शेयरमा आवेदन माग गरेकोमा आज साँझदेखि आवेदन बन्द गर्दैछ ।
कम्पनीले इलामको इलाम नगरपालिका – १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७ सय ८० कित्ता र समग्र इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको थियो ।
कम्पनीले इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
सम्बन्धित
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया