आईआईएमएस कलेजको करियर मेला हुँदै, सक्षम जनशक्तिलाई अवसर

काठमाडौँ । आगामी शुक्रबार करियर मेला आयोजना हुने भएको छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ ।
मेलामा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सूचना, प्रविधि र उत्पादनमूलक क्षेत्र र बैंक तथा वित्तीय संस्था सम्बद्ध कम्पनीको सहभागिता रहने छन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनी मेलाको प्रमुख साझेदार हुने भएको छ ।
तीमध्ये २० कम्पनीले मेलाकै दौरानमा जनशक्तिलाई अनुबन्ध गर्ने बताइएको छ । बाँकी कम्पनीले सहभागीको सीभी संकलन गरी निकट भविष्यमा अनुबन्ध गर्ने आयोजकको भनाइ छ । मेलामार्फत विद्यार्थीले करियर काउन्सेलिङको अवसर पाउनेसमेत बताइएको छ ।
आईआईएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहालस्थित लिसारा ब्याङक्वेटमा आयोजना हुने छ । आयोजकले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको छ ।
मेलामा अन्तक्रिया कार्यक्रम (प्यानल डिस्कसन)का साथै संस्कृतिक प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया