शनिबार, माघ ३, २०८२

आईआईएमएस कलेजको करियर मेला हुँदै, सक्षम जनशक्तिलाई अवसर

मेरोन्यूज २०७९ साउन ५ गते १७:४९

काठमाडौँ । आगामी शुक्रबार करियर मेला आयोजना हुने भएको छ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने बताइएको छ ।

मेलामा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सूचना, प्रविधि र उत्पादनमूलक क्षेत्र र बैंक तथा वित्तीय संस्था सम्बद्ध कम्पनीको सहभागिता रहने छन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनी मेलाको प्रमुख साझेदार हुने भएको छ ।

तीमध्ये २० कम्पनीले मेलाकै दौरानमा जनशक्तिलाई अनुबन्ध गर्ने बताइएको छ । बाँकी कम्पनीले सहभागीको सीभी संकलन गरी निकट भविष्यमा अनुबन्ध गर्ने आयोजकको भनाइ छ । मेलामार्फत विद्यार्थीले करियर काउन्सेलिङको अवसर पाउनेसमेत बताइएको छ ।

आईआईएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहालस्थित लिसारा ब्याङक्वेटमा आयोजना हुने छ । आयोजकले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको छ ।

मेलामा अन्तक्रिया कार्यक्रम (प्यानल डिस्कसन)का साथै संस्कृतिक प्रस्तुति हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया