शनिबार, माघ १०, २०८२

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७९ साउन ५ गते २१:४७

काठमाडौँ । पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका १ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

शंकास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि आज साँझ ती युवालाई सार्वजनिक गरिएको हो । उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।

आज जिल्ला अदालत लगेर म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।

प्रतिक्रिया