मंगलबार, वैशाख २२, २०८३

नागरिकताको कुरामा भुलेर अगाडि बढौँ भने कठिन बन्न सक्छ : नेता अधिकारी

मेरोन्यूज २०७९ साउन ६ गते १३:४३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले सत्ताका लागि नागरिकता विधेयक परिवर्तन गरेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधित विधेयक २०७९ माथि छलफल गर्दै यस्तो बताएका हुन् ।

Advertisement
NiccNicc

‘हामीले दक्षिणको कुरा गरेका छौँ, भोलि उत्तरको कुरा होला, अन्य देशको कुरा पनि होला,’ नेता अधिकारीले भने, ‘नागरिकताको कुरामा हामीले भुलेर अगाडि बढौँ भने भोलि को मान्छे कुन पदमा बस्ने भन्ने कुरा कठिन बन्न सक्छ ।’

उनले विदेशी नागरिकले विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था गर्नु पर्ने बताए ।

प्रतिक्रिया