जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कार प्रयास गर्ने उपमेयरविरुद्ध जाहेरी दर्ता

सिरहा । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ ।
एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो । पीडित महिलाले उपमेयर महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् ।
केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो । ति महिलाले कम्प्युटर अपरेटर पदमा फारम भरेकी थिइन् । जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।
उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटना सार्वजानिक भएदेखि उपमेयर महतो सम्पर्कविहीन छन् ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया