शनिबार, वैशाख १९, २०८३

विपीको मार्ग निर्देशनलाई कांग्रेसले आत्मसात् गर्न सकेन : प्रकाशमान सिंह

मेरोन्यूज २०७९ साउन ६ गते २१:४५

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले विपी कोइरालाको मार्ग निर्देशनलाई नेपाली कांग्रेसले आत्मसात् गर्न नसकेको बताएका छन् ।

Advertisement
NiccNicc

आज मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा नेपाली कांग्रेसले आयोजना गरेको ४०औँ विपी स्मृति दिवसका अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा उनले विपीले देखाएको बाटोलाई सिङ्गो कांग्रेसले एक भएर आत्मसात् गर्दै अगाडि बढाउन सके कांग्रेसका सबै समस्या समाधान हुने बताए ।

कांग्रेस देशको एक मात्र लोकतान्त्रिक पार्टी भएको भन्दै उनले कांग्रेस अब आउने निर्वाचनमा एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए । उनले लोकन्थलीस्थित विपीको सालिकमा माल्यार्पण गर्दै उहाँको योगदानलाई कांग्रेसले कहिल्यै भुल्न नसक्ने चर्चा गरे ।

प्रतिक्रिया