आइक्यानका नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौँ परिषद्को दोस्रो कार्याकालका लागि नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष युद्धराज ओलीले नवनिर्वाचित अध्यक्ष भाष्करसिंह लालालाई पदभार हस्तान्तरण गरे ।
सो अवसरमा अध्यक्ष लालाले नवनिर्वाचित उपाध्यक्ष सुजनकुमार काफ्लेलाई शपथ गरेका थिए । कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका संस्थालाई सम्मान गरिएको थियो । बैंकिङ क्षेत्रतर्फ उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गरी प्रथम हुन सफल सिद्धार्थ बैंक लिमिटेड, दोस्रो भएको मेगा बैंक नेपाल लिमिटेड र तेस्रो भएको सनराइज बैंक लिमिटेड, विकास बैंकतर्फ प्रथम हुन सफल मुक्तिनाथ विकास बैंक र दोस्रो हुन सफल ज्योति विकास बैंकलाई पुरस्कृत गरिएको थियो ।
यस्तै सेवा क्षेत्रमा उत्कृष्ट प्रतिवेदन बनाउन सफल सानिमा जनरल इन्सुरेन्स तथा सामान्य क्षेत्रतर्फ प्रथम बुटवल पावर कम्पनी, दोस्रो कर्जा सूचना केन्द्र लिमिटेड र तेस्रो बोटलर्स नेपाल तराई लिमिटेडलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट भएका विभिन्न कर्पोरेट संस्थालाई महालेखा नियन्त्रक सुमनराज अर्यालले पुरस्कृत गरे । कार्यक्रममा संस्था स्थापनाको समयमा तदर्थ परिषद्का सदस्य तथा संस्थामा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
कार्यक्रममा महालेखा नियन्त्रक अर्यालले लेखा व्यवसायलाई नवीन प्रविधिसँग जोडेर लैजानुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष लालाले लेखा व्यवसायीले आफ्नो क्षमतालाई परिस्कृत गरेर लैजानुपर्ने बताए।
निवर्तमान अध्यक्ष ओलीले चार्टर्ड एकाउन्टेन्टको क्षमता अभिवृद्धि, चार्टर्ड एकाउन्टेन्ट अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा नेपालको लेखा परीक्षणको मापदण्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए ।
















ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया