प्रेस युनियन महाधिवेशन : मतदान सुरु, १ सय २१ पदमा २ सय ७ जनाको उम्मेदवारी

काठमाडौं । हेटौंडामा जारी नेपाल प्रेस युनियनको नवौं महाधिवेशनअन्तर्गत् अहिले मतदान भइरहेको छ । गएराति उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएसँगै आज ११ बजेदेखि ४ बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिनिधिहरू मतदानस्थलमा जम्मा भइसकेका छन् । देशभरका १ हजार ६ सय ५० जना प्रतिनिधिले मतदान गर्ने जनाइएको छ । निर्वाचन समितिका अनुसार १ सय १६ पदका लागि २ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षसहित विभिन्न पदमा ३१ जना निर्विरोध भइसकेको समितिले जनाएको छ । निर्वाचनबाट ८५ जना चयन हुने छन् ।
करिब ८ वर्षपछि हुन लागेको प्रेस युनियनको महाधिवेशने आगामी ३ वर्षीय कार्यकालका लागि अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, खुला उपाध्यक्ष २, महिला १, समावेशी १, सात प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ र उपत्यकाबाट १ गरी ८ उपाध्यक्ष, महासचिव १, खुल्ला ३, महिला २, समावेशी १ गरी ६ उपमहासचिव नयाँ पाउँदै छ । खुला ३, महिला २, जनजाति १, मधेसी १, दलित १, खसआर्य १, थारु १, पिछडिएको क्षेत्र १ गरी ११ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुँदैछन् ।
निर्वाचनमा दुई प्यानल बनेको छ । संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापनइतर समूहबाट शिव लम्सालको प्यालन चुनावी प्रतिस्पर्धामा होमिएको छ । अध्यक्ष पदमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन् । एक जना वरिष्ठ उपाध्यक्षका लागि दुई जना संस्थापनबाट सरोज अधिकारी र इतर समूहबाट प्रेम केसीको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष खुलामा संस्थापन इतरबाट राममणि दाहाल, नकुल अर्याल चुनावी मैदानमा छन् । उपाध्यक्ष खुलामै संस्थापनबाट भिष्मराज ओझा र शेखर रेग्मीको उम्मेदवारी परेको छ । उपाध्यक्ष समावेसी पदमा भने संखुवासभाका दिपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी ११ जना उपाध्यक्षका लागि दुई प्यानलबाट उम्मेदवारी परेको छ । महासचिव पदमा जगन्नाथ दुलाल र दिलिप पौडेलकाबीचमा प्रतिस्पर्धा हुँदैछ ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया