ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार चार सय सवारीसाधन कारबाहीमा
मेरोन्यूज
२०७९ साउन ७ गते १२:४५

काठमाडौं । काठमाडौं उपत्यकामा दुई हजार चार सय बढी सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
शुक्रबार मात्रै काठमाडौं उपत्यकामा दुई हजार ४१२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा मातहत कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई कारबाही गरेको हो।
मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १५४ जनालाई कारबाही गरेको छ।लेनको नियम उल्लंघन गर्ने मात्रै ६२ जना कारबाहीमा परेका छन्। रेड लाइटमा पनि सवारीसाधन चलाएको भन्दै ६५ जना कारबाहीमा परेका छन्। त्यसैगरी २४ जनालाई नम्बर प्लेटको शिर्षकमा कारबाही गरेको छ।
अन्य विभिन्न ट्राफिक नियमको उल्लंघन गरेको भन्दै दुई हजार १०७ जनालाई गरी कुल दुई हजार ४१२ सवारीसाधनलाई कारबाही गरेको हो।
सम्बन्धित
















नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया