उपचार नपाएपछि बेलायती महिलाले निकालिन् १३ वटा दाँत

काठमाडौँ । बेलायतमा एक महिलाले दन्त चिकित्सक भेट्टाउन नसकेपछि आफैले १३ वटा दाँत निकालेकी छन् । गिजाको रोगबाट पीडित ४२ वर्षीया डेनियल वाटले आफ्नै १३ वटा दाँत निकालेकी हुन् ।
उनले खर्च धेरै लाग्ने भएकाले निजी अस्पतालमा उपचार गराउन नगएकी हुन् । अब उनी आफ्नो बाँकी भएको ८ वटा दाँत निकाल्न चाहन्छिन् । त्यसपछि उनले नक्कली दाँत लगाउन योजना बनाएकी छन् ।
‘म हरेक दिन पेनकिलर खाएर अफिस जान्छु, बच्चाको हेरचाह गर्छु, तर दाँतको खाली ठाउँ लुकाउन हाँस्न छोडेको छ,’ उनले भने, ‘एक किसिमले मलाई पनि मानिसहरूसँग कुरा गर्न समस्या भयो ।’
सरकारी अस्पतालमा दन्त चिकित्सकको पर्खाइमा बसेका कैयौँको अवस्था आफैले दाँत निकाल्ने गरी नाजुक बनेको छ । दाँतको दुखाइले धेरैलाई आकस्मिक अस्पतालमा भर्ना गर्नु पर्ने भए पनि दन्त चिकित्सकबाट उपचार गराउन सकेका छैनन् । सरकारी अस्पतालमा दन्त चिकित्सक नहुँदा बिरामी उपचारविना फर्किने गरेको छ ।
स्वास्थ्य विभागले दन्त चिकित्सक नियुक्तिका लागि साढे ६ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिने घोषणा गरेको छ । बेलायतको सरकारी अस्पतालमा एक लाख मानिसको उपचार गर्न जम्मा ३२ जना दन्त चिकित्सक छन् ।
दाँतको दुखाईबाट पीडित ३० लाखभन्दा बढीले ६४ किलोमिटर हिडेर अस्पलात पुगे पनि उपचार पाएका छैनन् । असारको तथ्यांकअनुसार ३३ प्रतिशतले मात्रै दन्त चिकित्सकसँग उपचार गर्न पाएका छन् । एजेन्सी
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया