उपचार नपाएपछि बेलायती महिलाले निकालिन् १३ वटा दाँत

काठमाडौँ । बेलायतमा एक महिलाले दन्त चिकित्सक भेट्टाउन नसकेपछि आफैले १३ वटा दाँत निकालेकी छन् । गिजाको रोगबाट पीडित ४२ वर्षीया डेनियल वाटले आफ्नै १३ वटा दाँत निकालेकी हुन् ।
उनले खर्च धेरै लाग्ने भएकाले निजी अस्पतालमा उपचार गराउन नगएकी हुन् । अब उनी आफ्नो बाँकी भएको ८ वटा दाँत निकाल्न चाहन्छिन् । त्यसपछि उनले नक्कली दाँत लगाउन योजना बनाएकी छन् ।
‘म हरेक दिन पेनकिलर खाएर अफिस जान्छु, बच्चाको हेरचाह गर्छु, तर दाँतको खाली ठाउँ लुकाउन हाँस्न छोडेको छ,’ उनले भने, ‘एक किसिमले मलाई पनि मानिसहरूसँग कुरा गर्न समस्या भयो ।’
सरकारी अस्पतालमा दन्त चिकित्सकको पर्खाइमा बसेका कैयौँको अवस्था आफैले दाँत निकाल्ने गरी नाजुक बनेको छ । दाँतको दुखाइले धेरैलाई आकस्मिक अस्पतालमा भर्ना गर्नु पर्ने भए पनि दन्त चिकित्सकबाट उपचार गराउन सकेका छैनन् । सरकारी अस्पतालमा दन्त चिकित्सक नहुँदा बिरामी उपचारविना फर्किने गरेको छ ।
स्वास्थ्य विभागले दन्त चिकित्सक नियुक्तिका लागि साढे ६ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिने घोषणा गरेको छ । बेलायतको सरकारी अस्पतालमा एक लाख मानिसको उपचार गर्न जम्मा ३२ जना दन्त चिकित्सक छन् ।
दाँतको दुखाईबाट पीडित ३० लाखभन्दा बढीले ६४ किलोमिटर हिडेर अस्पलात पुगे पनि उपचार पाएका छैनन् । असारको तथ्यांकअनुसार ३३ प्रतिशतले मात्रै दन्त चिकित्सकसँग उपचार गर्न पाएका छन् । एजेन्सी














Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया