बुधबार, पुष २, २०८२

कोभिडबाट भारतमा एकै दिन ६० जनाको मृत्यु

मेरोन्यूज २०७९ साउन ८ गते ७:३३
फाइल फाेटाे

काठमाडौँ । भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् ।

योसँगै भारतमा महामारी सुरु भएपछि कूल संक्रमितको संख्या चार करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट पाँच लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एक लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । कूल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।

प्रतिक्रिया