प्रचण्ड भारतबाट फर्केलगत्तै नागरिकता विधेयक पारित हुनुले शंका जन्मियो : शंकर पोखरेल
साउन १६ गते ब्यापक विरोध प्रर्दशन गछौं

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केलगत्तै संसदमा नागरिकता विधेयक पारित भएकोले आशंका जन्मिएको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले विगतमा माओवादीकै कारण नागकिरता विधेयकमा दलहरुका वीचमा सहमति नजुटेको तर अहिले प्रचण्ड भारत भ्रमणबाट फर्केपछि माओवादीकै अग्रसरतामा विधेयक पारित भएकोले आशंका जन्मिएको बताए ।
उनले एमालेले यस विषयमा साउन १६ गते वृहत विरोध प्रर्दशन गर्ने पनि बताए । ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो,’ पोखरेलले भने, -‘विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको थियो । प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरियो । यसले शंका पैदा गरेको छ ।’
नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । ‘नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने ।
यपधी उक्त विधेयक पारित गर्दा एमालेले खेलेको भूमिकाका विषयमा पनि प्रश्न उठिरहेको छ । एमालेकै ३३ जना सांसदले संसदमा विधेयकमा संशोधन प्रस्ताव राखेको र ती सांसदको संशोधन प्रस्तावमा सहमति जनाएको एमालेले विधेयक पारित गर्ने बेला मौन बसेको थियो ।
विधेयकमा भएको व्यवस्था पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा अध्यादेश मार्फत ल्याएको ब्यवस्थाकै हुवहु भएकोले यसमा एमाले मौन बसेर विधेयक पारित गराउन उसको पनि भूमिका रहेको आवाज उठिरहेको छ ।
नागरिकता जस्तो संवेदनशील विषयमा अध्यादेश होइन, विधेयक ल्याएर संसद्बाट कानुन बनाउन भन्दै सर्वोच्चले आदेश दिएपछि त्यसवेला ओली सरकारले ल्याएको नागरिकता अध्यादेश निष्क्रिय भएको र अहिले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले त्यही ब्यवस्था सहितको विधेयक संसदमा ल्याएर पारित गरेको सत्ता पक्षको भनाई छ ।
एकातिर संशोधन हाल्न लगाउने र अर्काेतिर विधेयक पारित गराउादा विपक्षमा हुने सांसदहरुलाई हात उठाएर विरोध जनाउन सभामुखले समय दिादा समेत हात नउठाई विधेयक पारित गर्दा मौन बस्ने काम एमालेले गरेको थियो ।
विधेयक पारित गराउँदा एमाले अध्यक्ष ओलीकै सहमति रहेको सत्ता पक्षका नेताहरुले बताईरहादा महासचिव पोखरेलले भने प्रचण्डको भारत भ्रमणपछि विधेयक पारित भएकोले शंका उब्जिएको बताएका हुन् । उनले सो विधेयकका विरोधमा एमालेले जनवर्गीय संगठनमार्फत साउन १६ मा विरोध गर्ने पनि जनाएका हुन् ।
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
नेपालीरिका होटेलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
प्रतिक्रिया