शनिबार, माघ १०, २०८२

ह्वाट्सएप मार्फत चिठ्ठा परेको आश्वासन देखाएर ठगी गरेको अभियोगमा डेढ सय जना पक्राउ

मेरोन्यूज २०७९ साउन ८ गते १६:०३

बुटवल । ह्वाट्सएप मार्फत विभिन्न प्रलोभन देखाएर सर्वसाधरणलाई ठगी गरेको अभियोगमा बुटवलको एक कल सेन्टरबाट ९ जना सञ्चालक सहित डेढ सय जना युवा युवती पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ९ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्यका सञ्चालकहरुमो एक भारतीय नागरीक पनि रहेको इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) ठगबहादुर केसीले मेरोन्यूजलाई बताए ।

उनले भने,‘सर्वधारणलाई अनधिकृत रुपमा यातना दिने र ह्वाट्स्यापको मार्फत प्रलोभनमा पारेर बैंक एकाण्ट लिने ठगी गर्ने काम गरेको थाहाँ पाएपछि हामीले उहाँहरुलाई पक्राउ गरेका हौं । हामीले ९ जना सञ्चालकलाई पक्राउ गरेका छौं, जसमध्ये एक भारतीय नागरिक हुनुहुन्छ ।’
जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको डिएसपी केसीले बताए ।
विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा प¥यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया