एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा ढकाल नियुक्त

काठमाडौँ । एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले अधिकृतमा नियुक्त गरेको हो ।
ढकाल यसअघि एक उद्यमीका रुपमा रहेका थिए । उनीसँग २४ वर्षभन्दा बढी सफल उद्यमीको रुपमा अनुभव छ ।
अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका ढकालले नेपाल फर्केपछि उद्यमी बनेका थिए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन् ।
उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । एफवान सफ्टमा आबद्ध भएसँगै उनले कम्पनीलाई थप उचाईमा पुर्याउने अपेक्षा गरिएका छन् ।
सफट्वेयरको क्षेत्रमा ख्याती कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ देखि सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ ।
एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पहिलो स्थानमा रहेको छ ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया