एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा ढकाल नियुक्त

काठमाडौँ । एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले अधिकृतमा नियुक्त गरेको हो ।
ढकाल यसअघि एक उद्यमीका रुपमा रहेका थिए । उनीसँग २४ वर्षभन्दा बढी सफल उद्यमीको रुपमा अनुभव छ ।
अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका ढकालले नेपाल फर्केपछि उद्यमी बनेका थिए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेका छन् ।
उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । एफवान सफ्टमा आबद्ध भएसँगै उनले कम्पनीलाई थप उचाईमा पुर्याउने अपेक्षा गरिएका छन् ।
सफट्वेयरको क्षेत्रमा ख्याती कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ देखि सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ ।
एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पहिलो स्थानमा रहेको छ ।
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया