मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन ९ गते २१:१६
कैलाली । जिल्लाको धनगढी उपमहानगर २ पुरानो भन्सार रोडमा आज मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगर २ बस्ने अन्दाजी ५५ वर्षीय नेत्रप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगर ३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नंको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो ।
घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा आज साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द ८ बस्ने २२ वर्षीय रामचन्द्र शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
सम्बन्धित
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया