हैटीको हिंसामा २०० जनाको मृत्यु

पोर्ट–ओ–प्रिन्स । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको राष्ट्रसंघले जनाएको छ । गिरोहले सिटी सोलेल छिमेकको नियन्त्रणको लागि लडिरहेका छन् । गोली हानाहानका कारण सामग्री वितरण हुन नसक्दा पानी र खानाको अभाव भइरहेको स्थानीयले बताएका छन् । एक बासिन्दाले आफ्नो जीवनलाई ‘डर, तनाव र निराशाको चक्र’ भनेर वर्णन गरे। एक वर्षअघि राष्ट्रपति जोभेनेल मोइसको हत्या पछि गिरोहको हिंसा बढेको थियो । तर, जी ९ र जी पेप भनेर चिनिने दुई आपराधिक गठबन्धनबीच जुलाई ८ मा सुरु भएको लडाई नयाँ उचाइमा पुगेको छ ।
राष्ट्रसंघका अनुसार जुलाई ८ देखि १७ सम्म २०९ जनाको ज्यान गएको थियो जसमध्ये ११४ गिरोह सदस्य थिए । त्यस्तै, २५४ जनलाई गोली लागेको छ ।















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया