पदभार ग्रहण गर्दै भुवन केसीले भने- मलाई असफल हुने छुट छैन
मेरोन्यूज
२०७९ साउन ११ गते ११:५५

काठमाडौं / नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो ।
बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन् ।
कार्यालयका कर्मचारीले उननलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । उनी अभिनेतासमेत हुन् ।
पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताए ।
१० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेकाे बताए ।
सम्बन्धित
















पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया